बर्ड फ्लूको कारण नेपालमा पहिलो पटक एकको मृत्यु

Advertisement

काठमाडौँ । बर्डफ्लूको संक्रमणका कारण नेपालमा पहिलो पटक एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो ।

ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या देखिएर गएको चैत १५ गते नै ज्यान गएको थियो । बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो ।

नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो ।  घटनाको जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मृतकको नाम खुलाइएको छैन।

Advertisement

Advertisement

Advertisement