'दाल भात तरकारी'को बुकिङ खुल्ला, मल्टिप्लेक्समा उच्च शो

Advertisement

काठमाडौँ । भोली शुक्रबारबाट प्रर्दशनमा आउन लागेको फिल्म 'दाल भात तरकारी'को बुकिङ बुधबारबाट खुलेको छ ।

काठमाडौँको क्यूएफएक्स चेनले यो चलचित्रलाई २० शोज दिएको छ । बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा चलचित्रको टिकट धमाधम बुकिङ भईरहेको छ । रिलिज अगावै नै मल्टिप्लेक्सका केही शो ‘सोल्डआउड’ भईसकेका छन् । कुमारी हलका २ शो सोल्डआउट भईसकेका छन् । अन्य हलमा पनि अग्रिम टिकट बुकिङ गर्ने दर्शक अत्याधिक देखिएका छन् ।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, किरण केसी, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

Advertisement

Advertisement

Advertisement