सेयर बजार फेरि सुस्तायो, नेप्सेसँगै कारोबार पनि घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा एकल अंकको गिरावट देखिएको छ भने कारोबारमा पनि निकै कमी आएको छ । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ६३ अंकले घटेर एक हजार २९४ कायम भएको छ ।

त्यस्तै, कारोबारमा पनि कमी आई आज ५७ करोड ४७ लाख रुपियाँको कारोबार भएको छ । आज होटल, निर्जीवन र उत्पादनमूलक समूहका उपसुचकहरुमा सामान्य सुधार भए पनि बाँकी समूहका उपसुचकहरु भने घटेका छन् ।

आज धेरै कारोबार गर्नेमा नेपाल बैंक अगाडि छ । उसको चार करोड ३५ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ४८ लाख रुपियाँको कारोबार छ । आज नाफा धेरै गर्नेमा हिमालय डिष्टिलरीका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा सूर्योदय लघुवित्तका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement