रसुवागढीको आईपीओ बाँडफाँडः २५ हजारलाई ३० कित्ता पर्यो

Advertisement

काठमाडौं । ‘जनताको जलविद्युत’ अन्तर्गतको रसुवागढी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । रसुवागढीको ९३ लाख ३९ हजार ४६७ शेयर २ लाख ९१ हजार २७२ जनालाई वितरण गरिएको हो ।

स्वीकृत आवेदनमध्ये ४० कित्तासम्म मात्रै आवेदन गरेकालाई सबै र ५० कित्ता वा सोभन्दा बढी आवेदन दिएका २५ हजार ६९३ जनालाई रसुवाढढीको ५० कित्ता शेयर परेको छ ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो ।

रसुवागढीका लागि ३ लाख ७ हजार आवेदकले १ करोड ७६ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट १ अर्ब ७६ करोड रुपियाँ संकलन भएको छ। दुबै कम्पनीले बैशाख ६ गतेदेखि बैशाख १२ गतेसम्म १ सय रुपियाँका दरले आइपिओ निष्कासन गरेको थियो।

Advertisement

Advertisement

Advertisement