सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार आउँदो आर्थिक बर्षका लागि सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछिन । भण्डारीले अपरान्ह ४ बजे संसद भवन नयाँ बानेश्वरमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

गतवर्ष कतिपय ठाउँमा भाषिक त्रुटी भएको र सम्मान गर्नुपर्ने पदलाई सम्मान नगरिएको भन्दै आलोचना भएकोमा यस पटक ती कुराहरुलाई सुधार गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ । यही नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेट प्रस्तुत गर्नेछ । संविधानमै जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी व्यवस्था भएको र बजेट तयारी तथा पूर्वबजेट छलफल गर्नुपर्ने भएकाले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

तत्कालिन एमाले र माओवादी केन्द्र एक भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुईतिहाई बहुमतको सरकारले दोस्रो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो । यो बर्ष नीति नियम बनाउनुपर्दा आर्थिक विकासमा धेरै ध्यान दिन नपाएको बताउँदै आएको सरकारका मन्त्रीहरुले बताउँदै आएको बेला आगामी आर्थिक बर्षका लागि सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउँछ ? सबैको चासोको विषय बनेको छ ।

विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ । तर सरकारले भने प्रि–वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–वजेट छलफल गर्न सरकार तयार नभएकोमा आपत्ति जनाएको छ ।

Advertisement

Advertisement

Advertisement