हावाहुरी र भारी वर्षाले नवलपुरको विद्यालय बन्द, जनजीवन प्रभावित

Advertisement

नवलपरासी । हावाहुरीसहित भारी वर्षापछि नवलपुरको जनजीवन प्रभावित भएको छ । हावाहुरीको डरले जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन् ।

मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् । कावासोतीलगायत जिल्लाका अधिकाँश स्थानमा आज बिहानैदेखि हावाहुरीसँगै वर्षा भइरहेको छ ।

हावाहुरी र वर्षापछि जिल्लाका अधिकांश विद्यालयले सूचना जारी गरेर विद्यालय नआउन उर्दी जारी गरेका छन् । यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement