विद्युत प्राधिकरणमा सत्तारुढ दलनिकट कर्मचारी संगठन आधिकारिक युनियनको निर्वाचनमा विजयी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचनबाट सत्तारुद दल निकट कर्मचारी युनियन विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा नेविप्रा कर्मचारी युनियन विजयी हुन सफल भएको हो ।

निर्वाचनमा युनियनको पक्षमा चार हजार ७२२ मत परेको थियो भने नेपाली काँग्रेसनिकट नेविप्रा कर्मचारी संघको पक्षमा तीन हजार ३९८ मत खसेको थियो । त्यस्तै, राप्रपा निकट कर्मचारी कल्याण परिषदको पक्षमा १५७ मत खसेको थियो ।

यसअघि काँग्रेसनिकट कर्मचारी संघले आधिकारिक युनियनको रुपमा प्रतिनिधित्व गर्दै आएकोमा यस पटक भने सरकारी पक्षीय दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट कर्मचारीले आधिकारिक युनियनको निर्वाचन जित्न सफल भएको हो । तत्कालिन एमाले र माओवादी केन्द्रपनिकट कर्मचारी संगठनहरु एक भएकाले पनि युनियनले विजय हासिल गर्न सहज भएको हो ।

निर्वाचित युनियनको प्रतिनिधिले प्राधिकरणको सञ्चालक समितिमा प्रतिनिधित्वसमेत गर्न पाउने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement