भवनको जग खन्दा ठूलो मात्रामा सुन चाँदी फेला पर्यो

Advertisement

अछाम । साँफेबगरको जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको नयाँ भवन निमार्णका लागि जग खन्ने क्रममा १९ तोला ८९ लाल सुन र १३२ तोला ३३ लाल चाँदी फेला परेको छ । उक्त सुन र चाँदी मजदुरहरुले जग खन्ने बेलामा फेला परेका हुन् ।

फेला परेको सुन प्रहरीले नियन्त्रणमा लिएको छ । ठूलो परिमाणमा सुन चाँदी फेला पारेका माजदुरबीच भागबण्डा गर्ने क्रममा विवाद भएपछि तथ्य बाहिर आएको हो । इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको सुन चाँदीबारे छानविन भइरहेको प्रहरीले जनाएको छ ।

जग खन्ने क्रममा सुन चाँदीबाहेक भगवानका मुर्तिहरु पनि फेला परेका छन् । ऐतिहासिक स्थलको रुपमा रहेको श्रीकोटको उक्त ठाउँमा अन्य वस्तुहरु पनि फेला पर्ने संभावना भएपछि प्रहरीको निगरानीमा जग खन्ने काम भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement