पूर्वमा शुक्रबार र शनिबार हेलिकप्टर नउडाउन गृह मन्त्रालयको आग्रह

Advertisement

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्र (एनइओसी)ले देशका पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार हेलिकोप्टर नउडाउन निर्देशन दिएको छ ।

मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको ‘फानी’ आँधीको प्रभाव पनि पर्नसक्ने भएकोले शुक्रबार र शनिबार दुर्इ दिन हेलिकोप्टर नउडाउन निर्देशन दिएको हो।

‘पूर्वी हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने भएकोले त्यो क्षेत्रमा भोलिसम्म हेलिकप्टर नउडाउन र पर्यटक एवं यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन केन्द्रले अनुरोध गरेको छ ।

साथै, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार घामपानी भइरहने जनाएको छ। हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

Advertisement

Advertisement

Advertisement