माछापुच्छ्रे बैंकको १४ शाखा रहित बैंकिङ सेवा झापा र मोरङमा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ सेवाको औपचारिक सुरुवात गरेको हो ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा पुर्याइरहेको छ । यी सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जारी विज्ञप्तीमा उल्लेख छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

Advertisement

Advertisement

Advertisement