संसदमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, आउँदो आर्थिक बर्ष इतिहासकै तीब्र विकासको बर्ष बनाइने (लाइभ)

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आउँदो आर्थिक बर्षलाई इतिहासकै तीब्र आर्थिक बर्षको बर्ष बनाउने बताएकी छन् ।

उनले सरकारले विकासको मूल नारालाई अगाडि बढाएको बताउँदै भनिन्, ‘आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुनेछ।’ आफ्नो भ्रमणपछि चीनसँगको सम्बन्ध सुमधुर भएको भन्दै भण्डारीले अब चीनका समुन्द्री र सुख्खा बन्दरगाह प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको बताइन् ।

सरकारको पहलपछि तातोपानी नाका खुलेको र सुख्खा बन्दरगाह पनि यसै वर्ष सञ्चालन हुने बताउँदै उनले सरकारी सेवालाई सूचना प्रविधिमा आवद्ध गर्नेगरी डिजिटल नेपाल फ्रेमवर्क तयार भएको बताइन् ।

 

Advertisement

Advertisement

Advertisement