‘एम– १५० खाउ, थाईल्याण्ड घुम्न जाउ' योजनाको नगद पुरस्कार विजेताको घोषणा

Advertisement

काठमाडौं । वाइबी इन्टरनेशनल प्रालिको एम– १५० ड्रिंकको आधिकारिक वितरकले ‘एम– १५० खाउ, थाईल्याण्ड घुम्न जाउ' योजनाको नगद पुरस्कार विजेताको घोषणा गरेको छ ।

यस ‘एम–१५०खाउ, थाईल्याण्ड घुम्न जाउ’ योजनाअन्तर्गत १ लाख ५०हजार रुपियाँ नगद पुरस्कारको पहिलो विजेता घोषणा गरिएको छ । पुरस्कारको पैसा हाल गोंगबु, काठमाडौं बस्ने चन्द्र बहादुर लामालाई प्रदान गरिएको जनाएको छ ।

विजेतालाई पुरस्कार पैसा अरुण के.सी. (जीएम सेल्स एंड मार्के्टिंङ) द्वारा सानो पुरस्कार वितरण समारोहमा प्रदान गरिएको छ ।
यस योजनाको मुख्य आकर्षण थाईल्याण्ड भ्रमण हो जसको विजेता अहिलेसम्म घोषणा गरिएको छैन । थाईल्याण्ड भ्रमण जित्नका लागि क्यानको रिङ्गमा लेखिएका अंक र अक्षरहरू मिलाई एम–१५० बन्नुपर्ने छ ।

थाईल्याण्ड भ्रमण बाहेक १ लाख ५० हजार रुपियाँ, १५ हजार रुपियाँ र १५ सय जस्ता नगद पुरस्कार का साथै निःशुल्क टी-शर्ट र एम–१५०को क्यान जस्ता पुरस्कार पनि समावेस गरिएको छ ।

उपभोक्ताहरूले धेरै संख्यामा थाईल्याण्ड भ्रमण, नगद पुरस्कारहरू, निःशुल्क टी-शर्ट,एम–१५०को क्यान संगै करोडौंको पुरस्कार जित्ने मौका अझै बाकी रहेको कम्पनीले जनाएको छ ।

पुरस्कार दावी गर्नका लागि विजेताहरुले आफ्नो साथमा एम–१५० ड्रिंकको क्यानको रिङ्ग ल्याउन अनिवार्य छ । रिङ्ग क्षतिग्रस्त हुनु हुँदैन र अक्षरहरू स्पष्ट रूपमा देखिनु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement