सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरु आन्दोलनमा, व्यवस्थापन र प्रहरीबाट ज्यादती भएको गुनासो

Advertisement

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएका छन् ।

अस्पताल प्रशासनले गरेको विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन लगाएर पक्राउ गरेको भन्दै उनीहरुले निन्दा गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रले शनिबार पत्रकार सम्मेलन गर्दै अस्पतालमा कार्यरत र हाल आन्दोलनरत नर्सहरुले आन्दोलनकै क्रममा प्रहरी प्रशासनले हिजो शुक्रबार साँझ स्वास्थ्य मन्त्रालय हाताभित्रैबाट आफूहरुलाई पक्राउ गरेको बताए ।

अस्पतालका करिब दुई सय जना कर्मचारीको भविष्यमाथि नै खेलबाड गर्नेगरि स्थायी विज्ञापन गरिएको र स्थापनाकालदेखि कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई अन्याय हुनेगरि सूचना निकालिएकोप्रति असन्तुष्टि जनाउँदै आफूहरु बैशाख ११ गतेबाट पूर्व सूचनासहित चरणबद्ध आन्दोलनमा उत्रिएको बताए ।

यद्यपी आफूहरुले सुरुवातमा आकस्मिक सेवाबाहेक अन्य सेवाहरु बन्द गरेर अघि बढेको भए पनि अस्प्ताल प्रशासनले मन्त्रालयमा आफ्ना प्रतिनिधि पठाई कर्मचारीहरुमाथि कुनै पनि पूर्वाग्रह नराख्ने आश्वास दिईएको उनीहरुको भनाई छ । त्यस्तै, नर्सहरुले कोही पनि कर्मचारीलाई अन्याय हुनेगरि खाईरहेको जागिरबाट ननिकाल्ने भनि मौखिक रुपमा अस्पतालको सञ्चालक समितिका अध्यक्षले विश्वास दिलाएकै कारण आफूहरुले सेवा सुचारु गरेको तर, माग पूरा नभएसम्म आन्दोलन जारी रहेको सुचना दिईएको बताए ।

पटक–पटक वार्ता भन्दै कर्मचारीहरुलाई न्यायोचित निर्णयमा नपुर्याउने र कर्मचारी विस्थापित गराउने षडयन्त्र अस्पतालले गरेको भन्दै उनीहरुले आफूहरु पूनः चरणबद्ध आन्दोलनमा उत्रिएको बताए । आफ्नै स्टाफहरुलाई अमर्यादित तवरले गालीगलौच गर्ने र धम्की दिने तथा स्वास्थ्य मन्त्रालयमा गरिएको दुव्र्यवहार र प्रहरी दलबलको प्रयोगले आफूहरुमाथि अत्यचार भएको भन्दै नर्सहरुले विरोध जनाए ।

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मानव अंग प्रत्यारोपन केन्द्रकी सचिव नर्स रविता सिटीखुले विरामी र नर्सहरुबीचको सम्बन्ध राम्रो होस भनेर नै आफूहरु आन्दोलित भएको बताइन् । उनले भनिन्, ‘हामीले हाम्रो समस्याहरु सुनाउँदा वार्ड नै परीवर्तन गर्ने गरिएको छ ।’ आफूहरु बैशाख ९ गतेबाट कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएको र बैशाख ११ गतेबाट चरणबद्ध आन्दोलनमा होमिएको पनि रविताले स्पष्ट पारिन् ।

उनले विरामीको क्वालिटी केयरको लागि नर्स र विरामीको अनुपात मिलाउनको लागि पनि आफूहरुले माग गरेको बताइन । रविताले भनिन्, ‘अस्पतालमा सेवा लिन आउने विरामीहरुलाई दुःख दिनु हुँदैन भनेर हामीले प्रत्यारोपणको लागि गरिने आवश्यक चेकजाँचको लागि अन्य निजी अस्पताल पठाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएका थियौं । तर, अस्पतालले सुनाएन् ।’

नेपाल नर्सिङ संघ सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रकी ईकाई अध्यक्ष मिना खर्बुजाले अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुदेखि नै नर्सहरुमाथि विभेदकारी कदम चालेको र अन्याय गरेको गुनासो पोखिन् । उनले भनिन्, ‘२०७२ सालमा नेपाल सरकारले स्थापनाकालदेखि कार्यरत कर्मचारुहरुलाई स्वतः स्थायी गर्ने भनेर चिठ्ठी पठाएको थियो । तर, निर्देशकले कर्मचारीहरुलाई त्यो अवसर प्रदान गर्नुभएन् ।’

अस्पताल प्रशासनले प्राविधिकतर्फ मात्रै ध्यान दिएर लोकसेवा खुलाएको तर अन्य विभागमा नखुलाएकोमा पनि आफूहरुको आपत्ति रहेको खर्बुजाको भनाई छ ।

नर्सिङ संघकी सदस्य जीता बरालले मृगौला प्रत्यारोपण गर्ने नर्सहरुप्रति विभेद र शोषण भएको सुनाईन् । उनले भनिन्, ‘हामी बाध्य भएर पत्रकारहरुको माध्यमबाट हाम्रा भावनाहरु उठाउँदैछौं । हिजो नर्सहरुमाथि भएको प्रहरी ज्यातदी र दमनको म घोर विरोध गर्दछु ।’ अहिले दक्ष नर्सहरुलाई छोडेर सिकारु नर्सहरुलाई काम गर्न लगाईएको भन्दै यसो गर्दा विरामीको ज्यानै जानसक्ने पनिउनले खतरातर्फ अस्पताल प्रशासनलाई सचेत गराईन् ।

Advertisement

Advertisement

Advertisement