उपेन्द्र यादवको पार्टी हुँदै बाबुरामले सरकारमा पुग्ने बाटो रोजे

Advertisement

काठमाडौं । अन्ततः नयाँ शक्ति नामक पार्टीको नेतृत्व गर्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्न तयार भएका छन् । पार्टीमा एक्लिँदै गएको बेला बाबुरामले फोरमसँग पार्टी एकता गरेर सरकारसँग पुग्ने मार्ग प्रशस्त गरेका हुन् ।

फोरम अहिले केपी ओली नेतृत्वको सरकारमा सामेल छ । केही समयदेखि चर्चामा रहेर पनि एकता हुन नसकेको नयाँ शक्ति र फोरमको एकता अब भने सफल हुने संकेत देखिएको छ । यादव र भट्टराईबीच पार्टी एकताका लागि प्रारम्भिक सम्झौता नै भएको छ । गएको आम निर्वाचनमा काँग्रेससँग मिलेर साँसदसमेत हुन सफल भएका बाबुरामको नयाँ शक्तिमा रहेका प्रभावशाली व्यक्तिहरुले यसअघि नै पार्टी परित्याग गरिसकेका छन् ।

फोरम र नयाँ शक्तिबीच एकता भई नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिने र भट्टराई र यादव दुवै अध्यक्ष हुने शनिबार सहमति भएको छ । आज दुवै पार्टीको बैठक बसेर यो कुराको टुँगो गरिएको हो । पार्टी एकताको घोषणा भने सोमबार गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement