आज विश्व हाँसो दिवस,हाँस्न बिर्सिनु भयो कि ?

Advertisement

काठमाडौँ । मे महिनाको पहिलो आइतबार अर्थात आज विश्व हाँसो दिवस । मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो ।

उनले हाँसोमा आधारित योगा अभियान वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट मार्फत यसलाई हाँसो दिवसका रुपमा मनाउन सुरु गरेका हुन् । यो दिवस हरेक वर्षको मे महिनाको पहिलो आइतबार मनाईन्छ । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । अहिले यो दिवस विश्वव्यापी रुपमा मनाउन थालिएको छ । हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै प्रतिरोधी क्षमतामा वृद्धि गर्न पनि सहयोग पुर्याउछ ।

हाँसोले तनावका हार्मोनलाई घटाई स्वस्थ रहने रसायन बढाउनुको साथै मुटुको रक्षा पनि गर्छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले क्यालोरीसम्म घटाउन, तौल घटाउन समेत मद्धत गर्दछ ।

Advertisement

Advertisement

Advertisement