म्यानुअलमै सीमित सहकारीले प्रविधि भित्र्याउँदै

Advertisement

काठमाडौं । म्यानुअलमै सीमित सहकारीले पछिल्लो समयमा प्रविधि आत्मसात गर्न थालेका छन्। पछिल्लो समय एटीएम, मोबाइल बैंकिङ, ट्याबलेट बैंकिङ, एकाउन्ट नोटिफिकेसन, ब्रान्चलेस बैंकिङ, युटिलिटी पेमेन्ट, क्यूआर कोडलगायत प्रविधि प्रयोगमा सहकारीको ध्यान जान थालेको हो।

सहकारी विभागका अनुसार देशभर ३४ हजार पाँच सय १२ सहकारी छन्। म्यानुअलमा सञ्चालनमा आएका सहकारीले सफ्टवेयर प्रयोगमा जोड दिन थालेका छन्। विभागका उपरजिस्ट्रार नारायणप्रसाद अर्यालले पछिल्लो केही वर्षयता सहकारीमा प्रविधिको प्रयोग बढ्दै गएको बताए। विभागले गरिबी निवारण तथा सहकारी सूचना प्रणाली (कोपोमिस) कार्यान्वयनमा ल्याएको छ। हालै मात्र पारित भएको सहकारी नियमावलीले बचत सहकारीलाई एक वर्ष्भित्र र अन्य सहकारीलाई तीन वर्ष्भित्रै प्रणालीमा सामेल गर्न बाध्यकारी व्यवस्था लागू गरेको छ।

इन्फो डेपलोपर प्रालिका बजार व्यवस्थापक सुरेश कंसाकारका अनुसार १५ सहकारीले एटीएम सञ्चालन गरिसकेका छन्। एटीएमका लागि २५ वटा सहकारी प्रक्रियामा छन्। इन्फो डेपलोफरले १६ वर्षदेखि सहकारीका लागि सफ्टवेयर बिक्री गर्दै आएको छ। कंसाकारका अनुसार पहिला डेक्सटप सफ्टवेयर चलाउने सहकारी अहिले सेन्ट्ररलाइजेसन कोर बैंकिङ सिस्टम प्रयोग गर्न थालेका छन्।

एसटी नेटवर्क र हिमालय बैंकको सहकार्यमा इन्फो डेपलोपरले सहकारीका लागि एटीएम बनाउन थालेको हो। प्रालिले सहकारीका लागि बैंकिङ सिस्टम बनाइदिने काम गर्छ। प्रालिबाट मोबाइल बैंकिङ कारोबार गर्ने एक सय ५० र ट्याबलेट बैंकिङ कारोबार गर्ने आठ सय सहकारी छन्।

Advertisement

Advertisement

Advertisement