९ महिनामा प्रभु बैंकको नाफा १ अर्ब माथि

Advertisement

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको ९ महिनामा १ अर्ब ४५ करोड नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ४५ करोड २१ लाख ७१ हजार पुग्दा माघदेखि चैतसम्म बैंकले ४१ करोड रुपियाँ नाफा कमाएको देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा ५८.३६ प्रतिशत हो ।

प्रभुले यस अवधिमा खुद ब्याज आम्दानी ७३.३१ प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ८३ लाख ७९ हजार रुपियाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ९४ करोड ९३ लाख ५ हजार रुपियाँ रहेको थियो । साथै, सञ्चालन नाफा २४.६१ प्रतिशत ले बढाएर २ अर्ब ९ करोड ३० लाख ७० हजार रुपियाँ पुर्याएको छ । गत वर्ष यसले १ अर्ब ६७ करोड ९६ लाख ८५ हजार रुपियाँ सञ्चालन नाफा गरेको थियो ।

चैत मसान्त सम्म यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५८ हजार रुपियाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब ७० करोड ६७ लाख ४९ हजार रुपियाँ राखेको छ । यस अवधिमा बैंकले १ खर्ब ७ अर्ब ४५ करोड २३ लाख २७ हजार रुपियाँ निक्षेप संकलन गरेर ८६ अर्ब १६ करोड ९४ लाख ९६ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

नाफासँगै बैंकका वित्तीय परिसूचकमा उच्च सुधार देखिएको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ३.९० बाट घटेर २.४२ प्रतिशतमा झर्दा लोन लस प्रोभिजन ७५ प्रतिशतबाट बढेर १३० प्रतिशत पुगेको छ । त्यस्तै अघिल्लो त्रैमासमा ६.३९ प्रतिशत रहेको कस्ट अफ फण्ड ०.२१ प्रतिशतले घटेर ६.१८ प्रतिशत कायम हुँदा बेसरेटमा १.०१ प्रतिशत भन्दा बढीले घटेर ९.१६ प्रतिशत कायम भएको छ ।

तीन महिनाको अवधिमा करिब १० अर्बले निक्षेप संकलन बढाएको प्रभुले कर्जा प्रवाह १४ अर्बले बढाउँदा सीसीडी अनुपात भने ७४.४९ प्रतिशतबाट ७५.८२ प्रतिशत पुगेको छ ।

बैंकले अघिल्लो वर्ष ५.९० अर्ब रहेको ब्याज आम्दानी बढाएर ८.०१ अर्ब पुर्याउँदा ब्याज खर्च ३.९५ अर्बबाट बढाएर ४.६४ अर्ब पुर्याएको छ । प्रशासनिक खर्च पनि बढेर १ अर्ब ७ करोडबाट १ अर्ब २४ करोड पुगेको छ ।

बैंकको मसान्त सम्ममा ११ रुपियाँ ४६ पैसाले प्रतिसेयर आम्दानी बढाएर २३ रुपियाँ ३४ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दनी ११ रुपियाँ ४६ पैसा रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १७० रुपियाँ १५ पैसा छ ।

Advertisement

Advertisement

Advertisement