मुक्तिनाथ विकास बैंकको नाफामा ४०.८१ प्रतशतको वृद्धि

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकको खुद नाफामा ४१ प्रतिशतको सुधार आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैसासको ९ महिनामा बैंकले ६० करोड २० लाख ७५ हजार रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ४२ करोड ७५ लाख ७२ हजार रुपियाँ खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ४०.८१ प्रतिशतले बढी हो ।

बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढेर १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपियाँ पुगेको छ । गत वर्ष ८८ करोड २८ लाख २८ हजार रुपियाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन नाफा गत वर्षको यही अवधिको तुलनामा ४१.७८ प्रतिशतले बढेर ९३ करोड २४ लाख ५१ हजार रुपियाँ पुगेको छ । गत वर्ष बैंकले ६५ करोड ७६ लाख ४० हजार रुपियाँ सञ्चालन नाफा गरेको थियो ।

चैत मसान्त सम्म मुक्तिनाथको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपियाँ रहेको छ । बैंकको जगेडा कोष ३०.७६ प्रतिशतले बढेर १ अर्ब ५ करोड २१ लाख ४९ हजार रुपियाँ पुगेको छ ।

चैत मसान्तसम्म मुक्तिनाथको प्रतिसेयर आम्दानी ४ रुपियाँ १९ पैसाले बढेर २६ रुपियाँ १९ पैसा पुगेको छ । गत वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २२ रुपियाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपियाँ २३ पैसा रहेको छ ।

बैंकको कस्ट अफ फण्ड ८.७४ प्रतिशत, बेसरेट ११.२९ प्रतिशत, आरओई १९.५० प्रतिशत, र ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।

Advertisement

Advertisement

Advertisement