बंगलादेशमा फोनी आँधीका कारण पाँच जनाको मृत्यु, हजारभन्दा बढी घर ध्वस्त

Advertisement

ढाका । बंगलादेशमा फोनी आँधीका कारण पाँच जनाको मृत्यु भएको छ। हजारभन्दा बढी घरहरु ध्वस्त हुँदा ६० जनाभन्दा बढी घाइते भएका छन्।

शुक्रबार भारतको ओडिशा र पश्चिम बंगालमा कहर मच्चाएको फोनी शनिबार बंगलादेश प्रवेश गरेको थियो। फोनीका कारण भारतमा करिब १६ जनाको मृत्यु भएको थियो। आँधीका कारण भारी वर्षाका साथै हावाहुरी चलिरहेको र समुन्द्री किनारमा रहेका गाउँहरु जलमग्न भएको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण बढी क्षति हुने स्थानहरुबाट करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ। बंगलादेशमा प्रवेश गर्दा भने आँधीको प्रभाव कम हुँदै गएको छ। भारतमा १७५ देखि २०० किलोमिटर प्रति घण्टा गतिले आएको आँधी बंगलादेशमा ७५ किलोमिटर प्रति घण्टाको गतिमा आएको बताइएको छ। बंगलादेशको मौसम विभागले भने आँधीको त्रास अब नरेहको बताएको छ।

Advertisement

Advertisement

Advertisement