संखुवासभामा स्वास्थ्य बिमा कार्यक्रम सुरु

Advertisement

संखुवासभा । संखुवासभामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । तपाईंको स्वास्थ्य हाम्रो अठोट’ भन्ने नाराका साथ सरकारले घोषणा गरेको स्वास्थ्य बिमा अभियानअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम संखुवासभामा सुरु भएको हो ।

खाँदबारी–१ का ज्येष्ठ नागरिक ९१ बर्षिय काजीलाल श्रेष्ठ र एचआईभी संक्रमित खाँदबारी–५ का रेवत पोखरेललाई स्वास्थ्य बिमा कार्ड प्रदान गर्दै अभियान सुरु गरिएको हो । संखुवासभाका ७६ वटै वडाबाट छनोट भएर आएका ७६ जना सहभागीलाई ३ दिने दर्ता सहयोगी स्वास्थ्य बिमा आधारभूत तालिमसमेत सञ्चालन गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरिएको हो ।

प्रदेश १ का १४ जिल्लामध्ये संखुवासभा सातौं जिल्ला भएको स्वास्थ्य बिमा बोर्ड प्रदेश नं. १ का संयोजक महेश पोख्रेलले जानकारी दिए । योसँगै २०७२ साल चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने संखुवासभा ४४ औं जिल्ला भएको छ ।

Advertisement

Advertisement

Advertisement