बाख्राको मासु खाँदा एकै गाउँका १५ जना बिरामी

Advertisement

डोटी । बाख्राको मासु खाँदा डोटीको आदर्श गाउँपालिका १, भेलगडाका १५ जना बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेका अनुसार, शनिबार बाख्राको मासु खाँदा २ वर्षदेखि ४० वर्ष उमेरसम्मका मानिसहरु बिरामी परेका हुन् ।

बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनाको दिपायलको शैलेश्वरी अस्पताल र बाँकी तीन जनाको स्थानीय मौवा स्वास्थ्य चौकीमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताए ।

इलाका प्रहरी कार्यालयका अनुसार, बाख्राको मासु खाएर गम्भीर बिरामी पर्नेहरुमा आर्दश गाउँपालिका १ की नौ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया ईस्सरादेवी खड्का र तीन वर्षीया उर्मिला खड्का रहेका छन् ।

त्यसैगरी, दुई वर्षीया एलिसा खड्का, आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्का, ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्का रहेका छन् । बाख्राको मासु नपकाई खाएका कारण उनीहरु बिरामी परेको हुन सक्ने स्थानीयले बताएका छन् ।

शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक तथा निर्देशक आईजंङ्ग कुँवरले मासु खाएर बिरामी परेकाहरुमध्ये केहीको अवस्था गम्भीर रहेको र केहीको क्रमिकरुपमा सुधार भैरहेको जानकारी दिए ।

बाख्राको मासु खाँदा गाउँले बिरामी परेकोबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।  उज्यालोबाट सभार

Advertisement

Advertisement

Advertisement