सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधासहितको ‘जीवन सुरक्षा बचत खाता’

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न यो योजना बैंकले सार्वजनिक गरेको हो ।

घरबाटै अनलाइन मार्फत पनि खोल्न सकिने यस खाताका प्रमुख आकर्षणहरू २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा योजना १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना, नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिन्छ ।

बैंकका देशभर एक सय ५३ वटा शाखा (चार एक्स्टेन्सन् काउन्टर सहित), एक सय शाखारहित बैंकिङ्ग सेवा, एक सय ६१ एटीएम र एक हजार तिन सय भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement