सरकारी सर्भरमा समस्या, देशभरका सरकारी कार्यालयको कामकाज प्रभावित

Advertisement

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट केही समयदेखि चलेका छैनन् । सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । यसले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् ।

Advertisement

Advertisement

Advertisement