वन मुद्दाका दुई फरार अभियुक्त पक्राउ

Advertisement

उदयपुर । वन मुद्दामा कैद सजाय तोकिएका दुई फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर दुई बस्ने ३३ वर्षका सुन्दर चौधरी र सोहि ठाउका ३५ वर्षका राजिन भन्ने राजेन्द्र चौधरी रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेरले बताए ।

प्रहरी निरीक्षक गजमेरका अनुसार विहिबार पक्राउ परेका सुन्दरलाई वन मुद्दा ऐन अन्र्तगत पाँच महिना कैद र एक लाख ३८ हजार ७५ रुपिँया १५ पैसा जरिवाना तोकिएको छ भने आईतबार पक्राउ परेका राजेन्द्रलाई सोहि मुद्दा अन्र्तगत २० दिन कैद र २३ हजार छ सय रुपैया जरिवाना तोकिएको छ ।

पक्राउ परेका दुबै जनालाई उदयपुर जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement