एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Advertisement

काठमाडौं । एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको बैशाख २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १० बराबर छ को अनुपातमा अर्थात ६० प्रतिशत हकप्रद शेयर जारी गर्न आगामी जेठ १४ गते बिशेष साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाका प्रयोजनका लागि कम्पनीले जेठ छ गते एक दिनलाई बुक क्लोज गर्ने भएको छ । कम्पनीको हालको चुक्ता पुँजी ६४ करोड चार लाख छ हजार दुई सय ५० रुपैयाँ रहेको छ । हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब दुई करोड ४६ लाख ५० हजार पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement