सामसुङ मोवाइलको पर्यावाची बनेको आईएमएस् ग्रुपले मनायो २७औं वार्षिकोत्सव

Advertisement

काठमाडौं । आईएमएस् ग्रुप आफ्नो स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ । विश्वकै नम्बर १ मोबाइल फोन ब्राण्ड सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तर्राष्ट्रिय ब्राण्डहरुका नेपालस्थित आधिकारिक बिक्रेता यस ग्रुपअन्तर्गत २० वटाभन्दा बढि कम्पनीहरु रहेका छन् ।

आईएमएस् ग्रुपको बार्षिकोत्सवमा ग्रुपका अध्यक्ष दीपक मलहोत्रा, कम्पनीका डिरेक्टर विमल सावर्थिया, ग्रुपका प्रेसिडेण्ट एण्ड सिइओ दिकेश मलहोत्रा, मलहोत्रा तथा सावर्थिया परिवारलगायतको उपस्थिति थियो । कार्यक्रममा ग्रुपका कर्मचारीले ट्यालेन्ट शो, मनोरञ्जनात्मक खेल, हाजिरी जवाफ प्रतियोगिता प्रदर्शन गरेका थिए भने विजयी कर्मचारीहरुलाई पुरस्कार पनि वितरण गरिएको थियो ।

त्यसैगरी केही कर्मचारीहरुले विभिन्न विधाअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गरेबापत पनि पुरस्कृत गरिएको ग्रुपको विज्ञप्तिमा उल्लेख छ । बार्षिकोत्सव कार्यक्रममा ग्रुपका अध्यक्ष दीपक मलहोत्राले आगामी दिनमा ग्राहककेन्द्रित सेवामार्फत सशक्तरुपमा अघि बढ्ने बताए । उनले नेपालमा सामसुङ मोवाइलको बजार स्थापित गराउन सफल भएका थिए । अहिले पनि नेपालको मोवाइल बजारमा सामसुङको निकै राम्रो प्रभाव रहेको छ । बजार स्थापित भइसकेपछि सामसुङ मोवाइल उत्पादन गर्ने कोरियन कम्पनीले भने आइएमएस प्रालिबाहेक अर्कोलाई पनि बिक्री प्रवन्धकमा नियुक्त गरेको थियो ।

विगत पाँच वर्षमा आयको अधारमा पाँच गुणाले वृद्धि गरी देशभर आफ्नो उपस्थिति बढाउन पनि सफल भएको जनाउँदै ग्रुपले टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याई देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी केन्द्रीत रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement