स्थायी राजधानी विराटनगर तोक्न माग गर्दै अनिश्चितकालीन बन्द, जनजीवन प्रभावित

Advertisement

मोरङ । विराटनगरलाई स्थायी राजधानी तोक्न माग गर्दै विराटनगर महानगरपालिकामा अनिश्चितकालीन आम हड्ताल आह्वान गरिएको छ । अनिश्चिनकालीन आम हड्तालको घोषणासँगै विराटनगरको जनजीवन प्रभावित बनेको छ । विराटनगरलाई स्थायी राजधानी बनाउन आइतबार राति संघर्ष समिति निर्माण गरेर आम हड्ताल आह्वान गरिएको हो ।

विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दवाब समितिको पहिलो आन्दोलन नै विराटनगर बन्दको पक्षमा देखिएको छ । प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहेको र महेश रेग्मी, नागेश कोइराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आह्वान गरेको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा विराटनगरलाई स्थायी राजधानी बनाइ सबै संरचना विराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ । सर्वदलीय छलफल पछि आइतबार राति ११ बजे मात्र विराटनगरलाई नै स्थायी राजधानी तोक्दै संरचना विराटनगर भित्रै राख्नु पर्ने मागसहित बन्द आव्हान भएको थियो । आन्दोलन समितिका संयोजक डा. भेषप्रसाद धमलालले विराटनगरको महत्वलाई नबुझी विराटनगरलाई राजधानी तोकेर संरचना अन्यत्र लैजान खोजिएपछि सबै दलहरुले आन्दोलन गरेको बताए ।

सार्वजनिक यातायतका साधनहरु चल्न सकेका छैनन् भने, टंकिसिनवारीदेखि बिराटनगरको रानीसम्मको कोशी राजमार्गमा मोटरसाइकल बाहेकका सवारी साधनलाई चल्न दिइएको छैन । बन्द गर्दै हिँड्नेहरुमा नेकपा, नेपाली कांग्रेस, राप्रपा, मधेशवादी दलहरु, राजपा, संघीय समाजवादी फोरमलगायतका दलसहित उद्योगी ब्यापारी पनि छन् ।

Advertisement

Advertisement

Advertisement