नयाँ शक्ति–फोरम एकताः नाम समाजवादी, नयाँ शक्तिको चिन्ह, फोरमको झण्डा

Advertisement

काठमाडौं । संघीय समाजवादी फोरम र नयाँशक्ति पार्टी एकताको घोषणा हुँदै छ । एकीकरण भएको पार्टीले फोरमकै झण्डा प्रयोग गर्ने भएको छ भने पार्टीको नाम समाजवादी पार्टी राख्ने भएको छ ।

राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा दुई पार्टीबीच एकताको घोषणा हुँदैछ।अहिले प्रज्ञा भवन नेता तथा कार्यकर्ताले खचाखच भरिन थालेको छ । दुई पार्टीबीच एकता हुने भएपछि कार्यकताबीच खुसी छाएको छ।

एकीकृत पार्टीले फोरमको झण्डा राख्ने भएपछि नयाँ शक्ति पार्टीको चुनाव चिह्न राख्ने विषयमा छलफल भएको थियो । तर हाललाई चुनाव चिह्नको विषयमा अझै निर्णय हुन बाँकी रहेको जनाइएको छ ।

यसअघिको निर्वाचनमा फोरमको मसाल र नयाँ शक्तिको देब्रे आँखा चुनाव चिह्न थियो । तर आँखा चिह्न राख्दा अरुले दाहिने आँखा वा दुवै आँखा लिन सक्ने भएकाले अन्तिम निर्णय हुन नसकेको हो ।

यस्तै, आज मध्याह्न राजधानीमा घोषणासभा हुन लागेको यो पार्टीको नाम पनि हेरफेर हुनसक्ने जनाइएको छ ।संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईले भने निर्वाचन आयोगको वेभसाइटमा चेक गरेरै नाम जुराएकाले ‘समाजवादी पार्टी, नेपाल’ नै राखिने बताए । एकीकरणपछि बन्ने समाजवादी पार्टीको प्रतिनिधिसभामा १७ सांसद हुनेछन् । फोरमको १६ र नयाँ शक्तिको एक सांसद छन् ।

Advertisement

Advertisement

Advertisement