फोरम र नयाँ शक्तिबीच एकता घोषणा, ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर

Advertisement

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएको छ । सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले नयाँ पार्टी समाजवादी पार्टी नेपाल हुने बताएका छन् ।

घोषणासभामा भट्टराई र यादवले एकताबारेको ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।
मधेशका मुद्दामा केन्द्रीत राजनीति गरिरहेको फोरम र माओवाद त्यागेर वैकल्पिक शक्ति बन्न खोजिरहेको नयाँ शक्तिबीच समाजवादसहित अघि बढ्ने सहमति भएको हो । दुई वर्षदेखि चलेको वार्तालाई निष्कर्ष दिँदै दुई दिनअघि पार्टी एकिरकण गर्ने सहमति भएको थियो ।

Advertisement

Advertisement

Advertisement