बालाजुमा अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आवासीय टहरा हटाइयो, विष्णुमती करिडोर खुला

Advertisement

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क पुलसँगैको अतिक्रमण हटाइएको छ । नयाँ बसपार्क पुलनजिक सडक अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आवासीय टहरा डोजर प्रयोग गरेर हटाइएको हो ।

जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा अतिक्रमण गरी बनाइएका व्यापारिक तथा आसासीय टहरा हटाइएसँगै विष्णुमती करिडोर खुला भएको छ ।

यहाँ भएको अतिक्रमण हटाउन चर्को दबाब पर्दै आएको थियो । अतिक्रमण हटाइएसँगै बालाजु, गोंगबु, सामाखुशी लगायतका क्षेत्रमा हुने जाममा कमी आउने अपेक्षा गरिएको छ ।

पछिल्लो सयममा काठमाडौंमा सवारी व्यवस्थापनाका लागि विभिन्न प्रयास थालिएको छ । अनाधकीकृत रुपमा राखिएका टिकट काउन्टर हटाउने र पिक एन्ड ड्रप लागू गर्ने क्रम तीव्र पारिएको छ ।

नयाँ बसपार्कको व्यवस्थापनका लागि पनि काम थालिएको छ । काठमाडौं उपत्यकाभित्र जाम घटाउन कोरिडोर सडक र पुलमुनिको सडकलाई पनि स्तरोन्नति गर्ने योजना बनेको छ । त्यसै अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा सडक सुधारको लागि समन्वायात्मक पहल गरेको छ ।

Advertisement

Advertisement

Advertisement