सेयरमा उत्साहजनक सुधार, शिवम् सिमेन्ट्सको सेयरमा आकर्षण

Advertisement

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ । आइतबार १६ अंकले घटेको नेप्से आज २२ दशमलव ७३ अंकले बढेर एक हजार २९९ कायम भएको छ भने ६३ करोड ३६ लाख रुपियाँको कारोबार भएको छ ।

आज धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट्स अगाडि छ । यो कम्पनीको सेयर चार करोड ९४ लाख रुपियाँको कारोबार भएको छ । शिवमको सेयरमा ३० रुपियाँले वृद्धि पनि भएको छ । त्यसपछि धेरै कारोबार गर्ने जनता बैंकको तीन करोड ८६ लाख रुपियाँको कारोबार छ ।

समूहतर्फ अन्यबाहेक बाँकी सबै समूहको सेयरमा वृद्धि भएको छ । बाणिज्य बैंक समूहको उपसुचक दुई दशमलव ५८ प्रतिशतले बढेको छ भने व्यापार समूहको चार दशमलव २१ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादनमूलक समूहको उपसुचक तीन दशमलव ३६ प्रतिशतले बढेको छ ।

आज धेरै नाफा गर्नेमा साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा पाँचथर पावर कम्पनीका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement