शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई तिन सार्वजनिक

Advertisement

काठमाडौं । शाओमीको विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई तिन नेपालमा सार्वजनिक गरेको छ । एमआई ग्राहकहरुलाई सेल्फीको अनुभव पुनःपरिभाषित गर्ने उदेश्यले शाओमीको विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई तिन नेपालमा सार्वजनिक गरेको हो । जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी हाम्रो ग्राहकहरुमाझ सबैभन्दा नयाँ रेडमी वाई तिन ल्याउन पाउँदा निकै उत्साहित छौँ । आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई तिन ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन छ सय ३२ बाट संचालित तथा उच्च क्षमता भएको चार हजार एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्टि नवीनतम प्रविधि ल्याएको छ ।”

रेडमी नोट सात सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई तिन लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई तिन को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रो लाइन छ र यसको आकर्षक रंगले पक्कै बजारमा तहल्का मचाउने निश्चित छ । फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास पाँच रहेको छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्दछ ।
रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी
अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई तिन ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएस सँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो । एक दशमलव छ माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३बाट हल्का प्रभावकारीदेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाट कम प्रकासमा पनि सेल्फी लिन सकिन्छ जुन स्वचालित रुपमा सक्षम गर्न वा फोर्स इनेबल गर्न सकिन्छ । रेडमी वाई तिन, ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा तिन सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।
औरा प्रिज्म डिजाइन
नविनतम सबै रुपमा आउन सक्छन्, र रेडमी लाइनअपमा भएको एक सबैभन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई तिन मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई तिन ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ ।
छ दशमलव २६ र १५ दशमलव नौँ सीएम एचडी प्लस डट नोच डिस्प्लेसँगै कर्निङ गोरिला ग्लास पाँच ले रेडमी वाई तिन लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू ,बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई तिन ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्दछ ।
क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२
पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन छ सय ३२ मोबाइल प्लेटफर्म सँगै कस्टम क्वालकम क्रियो कोर विशेषता ल्याएको हो । स्न्यापड्रेगोन छ सय ३२ मोबाइल प्लेटफममा चार कोरको दुईवटा हिस्सामा आठ क्रियो दुई सय ५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ काम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । सक्षम एडे«नो पाँच सय छ जीपीयूसँग रेडमी वाई तिन अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ । रेडमी वाई तिन ले प्रयोगकर्तालाई दुई दिन ब्याट्री लाइफ भएको चार हजार एमएएच ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेको थियो ।
मूल्य र उपलब्धता
रेडमी वाई तिनको तिन जीबी प्लस ३२ जीबी भेरियन्टका लागि १८ हजार चार सय ९९ मा र चार जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २१ हजार चार सय ९९ मा एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा छ मेईबाट देशभर नौँ सय भन्दा बढि अफलाइन स्टोर र डराज डट कम धधध।मबचबश।अयm।लउ मा उपलब्ध हुनेछ ।

Advertisement

Advertisement

Advertisement