बागबजारमा एक महिला मृत फेला, श्रीमान नियन्त्रणमा

Advertisement

काठमाडौं । बागबजारमा एक महिला मृत भेटिएकी छन् । आफ्नै डेराको ओच्छ्यानमै २५ वर्षीया निर्मला नेपाल पहरी मृत भेटिएको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवनका कारण महिलाको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि पनि श्रीमान्–श्रीमतीले नै अत्याधिक मदिरा सेवन गर्ने गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले उनका श्रीमान् ३० वर्षीय पुष्कर पहरीलाई नियन्त्रणमा लिएको छ । श्रीमान फर्निचर व्यवसायी हुन् । महिलाको हत्या हो वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धान भइरहेको र यसबारेमा थप भन्न सक्ने अवस्था नरहेको अपराध महाशाखाका डिएसपी काजीकुमार आचार्यले वताए । मृतक महिलाको शरीरमा कुनै किसिमको चोटपटकको निशान छैन । पोस्टमार्टमपछि मात्र सबै कुरा भन्न सकिने प्रहरीको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement