वडा कार्यालयमा राति आगजनी, प्रहरी बिहान मात्रै पुग्यो

Advertisement

डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नं. ४ को कार्यालयमा अज्ञात समूहले गए राति आगजनी गरेको छ । वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीका अनुसार वडा कार्यालयको ढोका तोडी भित्र छिरेर आगो लगाइएको छ । आगजनी गर्नेले कागजपत्रदेखि अन्य सामग्रीहरु एक ठाउँमा जम्मा गरेर आगो लगाएको थियो ।

वडा कार्यालय गाउँभन्दा केही छेउमा भएकाले राती आगजनी गरी सहजै फरार भएको कोटकेनीको भनाई छ । कार्यालयमा राति आलो लगाइए पनि प्रहरी मंगलबार बिहानै मात्रै घट्नास्थल पुग्यो । आगजनी गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement