यौन उत्पीडनको आरोपबाट मुक्त भए भारतका प्रधानन्यायाधीश

Advertisement



भारत । भारतका प्रधानन्यायाधीश रञ्जन गोगौईमाथि लागेको यौन उत्पीडनको आरोप आधारहिन रहेको पाइएको छ । सर्वोच्च अदालतले गठन गरेको आन्तरिक समितिले प्रधानन्यायाधीश गोगोईमाथि लागेको आरोप आधारहिन रहेको निष्कर्ष निकालेको हो ।

आन्तरिक समितिले बरियता क्रममा दोस्रो नम्बरमा रहेका न्यायाधीशलाई मे ५ मा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको एक प्रति प्रधानन्यायाधीश गोगोईलाई दिइएको छ । तर आरोपकर्ता महिलालाई भने दिइएको छैन ।

आफ्नो आरोप कुन आधारमा खारेज गरिएको हो भन्न सक्ने अवस्थामा आफू नरहेको आरोपकर्ता महिलाले बताएकी छन् ।

सर्वोच्च अदालतकी पूर्व कर्मचारीले आफूमाथि गएको अक्टोबरमा प्रधानन्यायाधीश गोगोईले दुईपटक यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । गोगोईले अक्टोबरमै प्रधानन्यायाधीशको शपथ लिएका थिए ।

Advertisement

Advertisement

Advertisement