नौ महिनामा १० बैंकको नाफा १६ अर्ब नाघ्यो, खुुद मुनाफा आर्जनमा नेपाल बैंक अगाडि

Advertisement

काठमाडौं । १० वाणिज्य बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा १६ अर्ब सात करोड ३१ लाख ४७ हजार रुपैयाँ खुद मुुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरुले त्रैमासिक अवधि सकिएको पहिलो महिनाको मसान्तभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्छ । सोमबारसम्म झण्डै एक दर्जन बैंकहरुले चालू आवको पछिल्लो नौ महिनाको वित्तीय अवस्था सार्वजनिक गरेकोमा नेपाल बैंकले आर्जन गरेको खुुद मुनाफा सबैभन्दा बढी देखिएको छ भने नेपाल बैंकलाई पछ्याउने क्रममा एभरेष्ट बैंक देखिएको छ ।

नेपाल बैैंकले चालू आवको चैत मसान्तसम्म दुुई अर्ब २४ करोड ५५ लाख ७६ हजार आठ सय ४१ रुपैयाँ खुुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले दुुई अर्ब ५६ करोड ७७ लाख २७ हजार आठ सय ९२ रुपैयाँ खुुद नाफा कमाएको थियो । हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको सो बैंकले पछिल्लो नौ महिनामा एक खर्ब पाँच अर्ब ६३ करोड २६ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८८ अर्ब १९ करोड १२ लाख २० हजार पाँच सय ४१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअवधिमा जम्मा दुुई दशमलव ७१ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको नेपाल बैंकले चार अर्ब ७२ करोड ५२ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये खुुद मुनाफा आर्जनमा दोस्रो स्थान ओगटेको एभरेष्ट बैंकले चालू आवको पछिल्लो नौ महिनामा दुुई अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । चालू आवको तेस्रो त्रैमासिकमा एभरेष्टले एक खर्ब २४ अर्ब ५४ करोड २० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुुई अर्ब ३२ करोड १४ लाख ६८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकमा शून्य दशमलव १८ प्रतिशत कर्जा मात्र निष्क्रिय देखिएको छ ।

खुुद मुनाफा आर्जनमा ग्लोबल आईएमई बैंक पनि अगाडि देखिएको छ । ग्लोबलले चालू आवको पछिल्लो नौ महिनामा एक अर्ब ८७ करोड २१ लाख २५ हजार रुपैयाँ खुुद मुुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ग्लोबलको यस्तो नाफा एक अर्ब ४१ करोड २२ लाख ९२ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १० अर्ब ३१ करोड पाँच लाख १५ हजार रुपैयाँ रहेको बैंकले पछिल्लो नौ महिनामा एक खर्ब १६ अर्ब ९४ करोड ३१ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब १६ करोड ९७ लाख छ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ भने तीन अर्ब ७९ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एनएमबी बैंकले पनि चालू आवको पछिल्लो नौ महिनामा एक अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा एनएमबीको यस्तो नाफा एक अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ रहेको थियो । हाल चुुक्ता पुँजी नौ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको एनएमबीले पछिल्लो नौ महिनामा ९३ अर्ब ९६ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ अर्ब दुुई करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअवधिमा बैंकमा शून्य दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

नेपाल एसबीआई बैंकले पनि चालू आवको पछिल्लो अवधिमा एक अर्ब ६० करोड छ लाख ४७ हजार रुपैयाँ खुद मुुुनाफा कमाएको छ । गत आवको सोही अवधिमा नेपाल एसबीआईको यस्तो नाफा एक अर्ब ३७ करोड ९७ लाख ८५ हजार रुपैयाँ रहेको थियो । चालू आवको पछिल्लो नौ महिनामा एक खर्ब आठ करोड ३४ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ७९ करोड ४३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको सो बैंकमा शून्य दशमलव १९ प्र्रतिशत कर्जा निष्क्रिय देखिएको छ । यीबाहेक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडे पछिल्लो नौ महिनामा एक अर्ब छ करोड रुपैयाँ खुद मुुनाफा कमाएको छ ।

यसैगरी सिद्धार्थ बैंकले एक अर्ब ५९ करोड २९ लाख २७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ भने सानिमा बैंकले एक अर्ब ५७ करोड ५३ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । सनराइज बैंकले पनि चालू आवको पछिल्लो नौ महिनामा एक अर्ब २२ करोड ६० लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सनराइजको यस्तो नाफा ९४ करोड २१ लाख २२ हजार रुपैयाँ रहेको थियो । कुमारी बैंकले भने चालू आवको पछिल्लो नौ महिनामा एक अर्ब ३२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको सोही अवधिमा कुमारीको यस्तो नाफा ७३ करोड ६३ लाख १८ हजार आठ सय ९८ रुपैयाँ रहेको थियो । यीबाहेकका अन्य बैंकहरुको नाफा पनि उत्साहजनक देखिएको छ ।

Advertisement

Advertisement

Advertisement