हाम्रो विकास बैंक गाभेसँगै ज्योतिको नाफा बढ्यो

Advertisement

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५३ लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको यहि अवधिको तुलनामा ६ करोड २९ लाख रुपियाँ बढी खुद नाफा आर्जन गरेको हो ।

बैंकले हाम्रो विकास बैंकलाई गाभेपछि नियमित रुपमा भएको व्यवसायलाई केही फराकिलो बनाउन सकेको थियो । बैंकले नुवाकोटमा केन्द्रिय कार्यालय रहेको साविकको हाम्रो विकास बैंकलाई प्राप्ति गरी चैत १५ गते देखि एकिकृत कारोबार सुरु गरेको थियो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २२ करोड २४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । बैंकले हाम्रो विकास बैंकलाई गाभेपछि पहिलो पटक त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले २७ अर्ब २० करोड ७५ लाख निक्षेप संकलन तथा एक अर्ब ७२ करोड ४५ लाख रुपियाँ सापटि लिएर २३ अर्ब ९० करोड ६४ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानीमा पनि २७ करोड २ लाख रुपियाँले सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ५३ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको बैंकले अहिले ८० करोड ८ लाख पुर्याएको हो । यस अवधिमा २ अर्ब २५ करोड ५० लाख रुपियाँ व्याज आम्दानी गरि बैंकले १ अर्ब ४५ करोड ४१ लाख ब्याज खर्च गरेको छ ।

हाम्रो विकास बैंकको प्राप्तिसंगै चुक्ता पूँजी ३ अर्ब १० करोड रुपियाँ पुगेको छ भने बेंकको प्रमुख वित्तीय अनुपातहरुमा परिर्वतन भएको छ । बैंकको जगेडा कोषमा ६३ करोड ४१ लाख रुपियाँ सञ्चित छ ।

बैंकको प्रतिशेयर आम्दानी १२ रुपियाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपियाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात ११.४१ गुणा बढी छ । १.२७ प्रतिशतको निष्कृय कर्जा अनुपातलाई सुधार गरेर बैंकले ०.९९ प्रतिशतमा झारेको छ ।

Advertisement

Advertisement

Advertisement