नबिल बैंकको नाफामा नगन्य सुधार, ३.१८ प्रतिशतको मात्रै वृद्धि

Advertisement

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा तीन अर्ब १९ करोड १० लाख रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले तीन अर्ब ९ करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ३.१८ प्रतिशत अर्थात ९ करोड ८३ लाख रुपियाँले बढेको हो ।

बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपियाँ रहेको छ । बैंकले ५ अर्ब ९६ करोडको कुल सञ्चालन मुनाफालाई बैंकले एक वर्षमा ७ अर्ब पुर्याएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तमा बैंकको जगेडा कोषमा ९ अर्ब ६ करोड ५७ लाख रुपियाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैकको जगेडा कोषमा ९ अर्ब २८ करोड ८२ लाख रुपियाँ सञ्चित थियो ।

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड ५१ लाख ३२ हजार रुपियाँ निक्षेप संकलन गरेर १ अर्ब २८ अर्ब १९ करोड ७३ लाख ४४ हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

यस अवधिमा बैंकले ५ अर्ब ४१ करोड रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी १८.३९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४ अर्ब ५६ करोड ९७ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो ।

प्रतिशेयर नेटवर्थ २४२ रुपियाँ ३८ पैसा रहेको बैंकको मूल्य आम्दानी आनुपात १५.५८ गुणाले बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.६४ प्रतिशत छ ।

यस अवधिमा प्रतिसेयर आम्दानी ४ रुपियाँ ५ पैसाले घटेर ४७ रुपियाँ ६९ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा नबिलको प्रतिसेयर आम्दानी ५१ रुपियाँ ७४ पैसा रहेको थियो ।

Advertisement

Advertisement

Advertisement