स्ट्यान्डर्ड चार्टर्डको नाफामा ११.६२ प्रतिशतको वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको नाफा १७३ करोड पुगेको छ । गत आर्थिक वर्षको १ अर्ब ५५ करोडको नाफालाई करिब १८ करोडले बढाएको छ । बैंकको नाफा गत वर्षको यसै अवधिमा भन्दा ११.६२ प्रतिशतले बढेको हो ।

स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपियाँ रहेको छ । जगेडा कोष बढाएर ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपियाँ पुर्याएको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३९ करोडबाट २ अर्ब ५५ करोड पुग्दा गैरब्याज आम्दानी ४४ करोडबाट ५३ करोड पुगेको छ ।

बैंको खराब कर्जा ०.०१ प्रतिशतले सामान्य घटेर ०.२० प्रतिशत पुगेको छ । गत वर्ष खराब कर्जा ०.२१ प्रतिशत रहेको थियो । बैंकको आधारदर ७.७४ प्रतिशत छ ।

बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षभन्दा १.६१ प्रतिशतले बढेर ५.४१ प्रतिशत पुगेको छ भने आधार ब्याजदर ७.२० बाट ७.७४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपियाँ १८ पैसा छ ।

Advertisement

Advertisement

Advertisement