लक्ष्मी बैंकको नाफा एक अर्ब बढी, १ वर्षमा १६ करोडको वृद्धि

Advertisement

काठमाडौं । लक्ष्मी बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपियाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै अवधिमा बैंकले ८६ करोड ११ लाख ९७ हजार रुपियाँ नाफा कमाएको थियो । यो अघिल्लो वर्षको तुलनामा १६ करोडले बढी हो ।

चैत मसान्तसम्म बैंकको निक्षेप ७८ अर्ब ६६ करोड तथा कर्जा प्रवाह ७३ अर्ब ९६ करोड पुर्याएको छ । बैंकले रिजर्भको आकार भने स्थिर राख्दा २ अर्ब १७ करोड रुपियाँ कायम भएको छ ।

बैंकको खुद ब्याज आम्दानी १६३ करोडबाट २१९ करोड, गैरब्याज आम्दानी ३५ करोडबाट ४४ करोड पुग्दा कर्मचारी खर्च ५२ करोडबाट ७० करोड तथा सञ्चालन खर्च ३१ करोडबाट ४४ करोड रुपियाँ पुगेको देखिएको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपियाँ पुगेको छ । यस अवधिमा जगेडा कोषमा २ अर्ब १७ करोड ११ लाख २६ हजार रुपियाँ रहेको छ ।

चैत मसान्तसम्म बैंकले ७७ अर्ब ४४ करोड ६१ लाख ८८ हजार रुपियाँ निक्षेप संकलन गरेर ७० अर्ब ५१ करोड ५७ लाख ४० हजार रुपियाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको कस्ट अफ फण्ड ७.७३ बाट घटेर ७।३२ प्रतिशत तथा आधार ब्याजदर ११.३५ प्रतिशतबाट घटेर १०.२६ प्रतिशतमा झर्दा स्प्रेडदर ३.६१ प्रतिशतबाट बढेर ४.१९ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी गत वर्ष यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५ रुपियाँ ३७ पैसा रहेको थियो । हालै प्रतिसेयर आम्दानी २ पैसाले बढेर १५ रुपियाँ ३९ पैसा पुगेको छ ।

Advertisement

Advertisement

Advertisement