‘प्रेमगीत ३’ खेल्नलाई नयाँ हिरोइनको खाजी हुँदै

Advertisement

काठमाडौँ । दर्शकले निकैमन पराईएको सिरिज हो ‘प्रेमगीत’ । दुई सिरिजको सफलतापछि निर्माण युनिटले तेस्रो सिरिज निर्माण गर्न लागेको हो। फिल्मको प्रदर्शन मिति आउँदो चैत २८ गतेलाई तोकिएको छ ।

‘प्रेमगीत’ को पहिलो सिरिजबाट स्टारको रुपमा उदाएका प्रदीप खड्का फेरि प्रेमको भूमिकामा देखिँदैछन् । यस फिल्मको अघिल्लो दुई सिरिजमा उनी नै लिड हिरो थिए ।

फिल्ममा प्रदीपको अपोजिटमा नायिका नीति शाहले डेब्यू गर्ने चर्चा थियो । तर, उनले तत्काल फिल्म नगर्ने घोषणा गरिसकेकी छन् । नीतिले फिल्म अस्वीकार गरेपछि निर्माता सेनले अब नयाँ अनुहार लिने भएका छन् । फिल्म निर्माण कम्पनी आशुसेन फिल्मस्ले आह्वान गरेको छ । सोमवार निर्माता सेनले जारी गरेको एक विज्ञप्तीमा १८ वर्ष भन्दामाथि र २५ वर्ष नपुगेका युवतीहरुले फिल्मको लिड क्यारेक्टर 'गीत' का लागि अडिसन दिन सक्ने उल्लेख छ ।



 

विज्ञप्तीमा भनिएको छ, आउँदो जेठ १० गतेसम्ममा www.aasusenfilms.comमा गएर फारम भर्न सकिने वा [email protected] मा सम्पर्क गर्न सकिने छ । फिल्मको मुख्य अभिनेत्री हुन इच्छुकले हालै खिचिएको चारवटा स्पष्ट अनुहार देखिने तश्बिरसहित आफ्नो बायोडाटा पठाउनु पर्नेछ । भने, उचाई ५।२ देखि ५।७ सम्म हुनुपर्नेछ ।

आवेदन आएको मध्येबाट उत्कृष्ट २० लाई फाइनल अडिसनका लागि छानिने र एक जनालाई अभिनेत्रीको रुपमा छनोट गरिने जारी विज्ञप्तीमा उल्लेख छ

Advertisement

Advertisement

Advertisement