भारतीय जिप दुर्घटना हुँदा तीन जना घाइते

Advertisement

काठमाडौं । कञ्चनपुरमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। धनगढीबाट विवाहमा सहभागी हुन कञ्चनपुरको बैलौरी जाँदै गरेको युपी ३१ पि ७९७५ नम्बरको जिप अगाडीको चक्का पन्चर भई दुर्घटनामा परेको हो ।

धनगढीबाट विवाहमा सहभागी हुन जाँदै गरेका अन्नपूर्ण पोष्ट र एपिवान टेलिभिजनका सुदूरपश्चिम ब्यूरो प्रमुख शिवराज भट्ट र उनकी श्रीमती दुर्गासहित ३ जना दुर्घटनामा घाइते भएका हुन् । जिपमा भट्टका छोरा, छोरीसहित ९ जना सवार भएका थिए । भाग्यवश उनीहरु सकुशल छन् ।

घाइतेको पुनर्वास पोलिक्लिनिकमा प्राथमिक उपचारपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement