गोरा छाला भएका मात्रै पर्यटक होइनन् भन्दै पर्यटन प्रवद्र्धन अभियान सञ्चालन

Advertisement

काठमाडौं । अक्षय तृतीयाको अवसर पारेर नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरिएको छ । पर्यटनसम्बद्ध एक संस्थाले सीमित काम र गोरा छालालाई मात्र नभई नेपालको मौलिक संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्छ भन्दै प्रवद्धनात्मक अभियान सुरु गरिएको हो ।

नेपाल पर्यटन बोर्ड परिसरमा मंगलबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डर समृद्धिका लागि पर्यटन संस्थासँगको संयुक्त सहकार्यमा प्रवद्र्धनात्मक कार्यको थालनी गरियो ।

कार्यक्रममा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले कृषि पर्यटन र प्रबिधिलाई सँगसँगै जोडेर लैजानुपर्ने बताए । ‘पर्वको परम्परा राष्ट्रको पर्यटन’ नाराका साथ आयोजित कार्यक्रममा उनले संस्कृतिलाई पर्यटनसँग जोड्दै राष्ट्रिय एकतामार्फत देशलाई समृद्धिमा लैजान यस्ता पर्वहरुको विशेष महत्व हुने बताए ।

नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य दीपक महतले देश कति सम्पन्न छ ? भन्ने कुरा त्यहाँको संस्कृति कति सम्पन्न छ ? भन्नेमा निर्भर रहने बताए । उनले नेपालको संस्कृतिको प्रवद्र्धनमा पर्यटन बोर्डले सहकार्यका साथ कार्य गर्ने बताए ।

समृद्धिका लागि पर्यटन अभियानका कृष्णकुमार अर्यालले सीमित काम र गोरा छाला भएकाले जे भन्यो त्यही मात्र पर्यटन हो भन्ने मानसिकता बदल्दै मौलिक संस्कृतिको प्रबद्र्धनमार्फत देशको समृद्धिमा लाग्नुपर्ने बताए ।

त्यस्तै ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल टानका निवर्तमान अध्यक्ष चन्द्र रिजालले संस्कृतिको धनी नेपालले पर्वहरुमार्फत समृद्धि हासिल गर्नसकिने बताए ।

Advertisement

Advertisement

Advertisement