युवा उधमशिलता प्रबद्र्धन गर्न एनएमबि बैँकले गर्यो त्रिपक्षीय सम्झौता

Advertisement

काठमाडौँ । एनएमबि बैँकले युवालाई उत्पादनसँग जोड्न भन्दै राष्ट्रिय युवा परिषद् र रिटर्नी माईग्रेन्ट नेपालसँग मंगलबार त्रिपक्षीय सम्झौता गरेको छ । वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटि, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न र युवा उधमशीलता प्रबद्र्धन गर्ने उद्देश्यका साथ एनएमबि बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माईग्रेन्टका अध्यक्ष उत्तम अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत तीनै पक्षले आपसी सहकार्यमा अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदानसम्वन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा सहयोग पुर्याउने र उधमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्नलाई रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको छ ।

एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ भित्र नपर्ने कर्जाहरुको हकमा समेत बैँकले त्रिपक्षिय सम्झौता बमोजिम कर्जा प्रवाह गर्न बताए ।

त्यसैगरि रिटर्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परिषद्को समन्वयमा माईग्रेन्ट नेपालको सिफारिसका आधारमा बैँकले प्रति ब्यक्ति अधिकतम १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गरि हाललाई एक अर्बसम्म ऋण प्रवाह गर्ने र माग र आवश्यकताको बढाउदै लाने गरि त्रिपक्षीय सम्झौता गरिएकोे बताए ।

बैकले संम्भावित ऋणिहरुलाई परियोजना संचालनका लागि सुझाव तथा सल्लाह प्रवाह गर्ने, आवश्यक तालीमको व्यावस्था गर्ने, निक्षेप तथा कर्जाका प्राडक्टहरु बनाउने र बजारको पहुँचलाई सहजिकरण गराउने तर्फ केन्द्रिय स्तरमा एउटा छुट्टै डेस्कको स्थापना गरी बैंकका शाखाहरु मार्फत सेवा प्रदान गरिने छ ।

विदेशमा छरिएर रहेका युवा जनशक्ति स्वदेशमै फर्किन प्रेरित गर्ने र त्यहाँ आर्जित सीपलाई आफ्नै देशमा सदुपयोग गरी रोजगारी श्रृजना गराउँदै देशलाई समृद्घि तर्फ उन्मुख गराउन मद्दत पुग्ने तीनै पक्षको धारणा रहेको छ ।

Advertisement

Advertisement

Advertisement