अन्तरजातीय विवाह गरेको भन्दै जिउँदै जलाइयो छोरीज्वाईलाई

Advertisement

अहमदनगर । भारतमा अन्तरजातीय विवाह गरेको भन्दै पिताले छोरीलाई जिउँदै जलाएका छन् । महाराष्ट्रको अहमदनगरको परनेर तालुकामा रहेका निक्सोज गाउँमा यो घटना भएको हो ।

६ महिना पहिले १९ वर्षीय रुक्मिणी र मंगेश रणसिंघेको प्रेम विवाह भएको थियो । तर रुक्मिणीको विवाहलाई लिएर परिवार खुसी थिएनन् । किनकि पतिसँग उनको जात मिल्दैन थियो । यस कुराको असमझदारी यतिसम्म बढ्यो कि एक दिन रुक्मिणीका बाबु, काका र मामा मिलेर उनका पतिलाई जिउँदै जलाइददिए । आफ्नो परिवारको आक्रोशको मूल्य रुक्मिणी आफैंले पनि ज्यान दिएर चुकाइन् ।

महाराष्ट्रको अहमदनगरको यो घटनाले ‘अनर किलिङ’ को मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ । रुक्मिणी अनुसूचित जाती ९एससी० मा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग ९ओबीसी० मा पर्ने लौहार जातिका थिए ।

रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्धमा भएपनि मंगेशका परिवारका सदस्यहरूले विवाहलाई स्वीकार गरेका थिए । रुक्मिणीका देवर महेश रणसिंघेले उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएको बताएका छन् ।

महेशले भने, ‘विवाहपछि पनि रुक्मिणीका घरका सदस्यहरूले यो नाताको विरोध गरिरहेका थिए । मंगेश र रुक्मिणीलाई सडकमासँगै देख्दा उनीहरू धम्की दिन्थे । त्यसबाट हैरान भएर मंगेश र रुक्मिणीले गत फेब्रुअरीमा अहमदनगरस्थित परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए ।’

तनावकाबीच ३० अप्रिलमा रुक्मिणीका माता–पिताले उनलाई आफ्नो घर बोलाए । घर गएपछि उनीहरूले रुक्मिणीलाई पिटे । पिटाइ खाएपछि रुक्मिणीले त्यसैरात मंगेशलाई फोन गरेर परिवारका सदस्यहरूले आफूलाई पिटेको जानकारी दिइन् ।

उनले मंगेशलाई आफ्नो माइतीमा आएर लिएर जान आग्रह गरिन् । त्यसको भोलिपल्ट मे १ मा मंगेश रुक्मिणीको माइत पुगे । त्यसबेला उत्तरप्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि आएका थिए । रुक्मिणीको विवाहलाई लिएर ठूलो झगडा भयो । रुक्मिणीका काका र मामाले रुक्मिणी र उनका पतिलाई कुटपिट गरी दुवै जनालाई डोरीले बाँधेर पेट्रोल छर्किएर आगो लगाइदिए र घरभित्र थुनेर ढोका पनि लगाइदिए ।
घटनाबारे छिमेकीले थाहा पाएपछि उनीहरुलाई अस्पताल लगिएको थियो । रुक्मिणीको शरीर धेरै जलिसकेको थियो । उनको ज्यान गयो । उनका पति मंगेश रणसिंघेको उपचार भैरहेको छ । उनको अवस्था पनि गम्भीर छ ।

आगोले जलेर घाइते भएकी रुक्मिणीको तीन दिनपछि ५ मे मा मृत्यु भयो । उनको शरीरको ६० देखि ६५ प्रतिशत भाग जलेको थियो । मंगेशको अवस्था गम्भीर छ । उनको ४० देखि ४५ प्रतिशत शरीर जलेको छ ।

परनेर प्रहरीले यो घटनालाई लिएर रुक्मिणीका मामा घनश्याम र काका बिल्लू पण्डित भनिने सुरेन्द्र बाबुलाललाई पक्राउ गरेको छ । घटनापछि रुक्मिणीका पिता रामा रामफल फरार भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले पेट्रोलको बोतल तथा अन्य सामानहरु पनि बरामद गरेको छ । रुक्मिणीका देवर महेश रणसिंघेले घटनाबारे प्रहरीमा उजुरी गर्दा पनि प्रहरीले बेवास्ता गरेकोले यस्तो अवस्था भोग्नुपरेको आरोप लगाएका छन् ।

Advertisement

Advertisement

Advertisement