‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने सरकारको तयारी

Advertisement

काठमाण्डौ । सरकारले ‘सार्वजनिक खरिद ऐन’ संशोधन गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विकास, निर्माणको कामलाई तीव्रता दिने गरी सार्वजनिक खरिद ऐन संशोधनको तयारीको कामलाई अघि बढाइएको जानकारी दिए ।

बुधबार संघीय संसद अर्थ समितिको बैठकमा बोल्दै उहाँले चालू वर्षे अधिवेशन भित्रै सार्वजनिक खरिद ऐन संशोधन विधेयक पारित गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। सरकारले सार्वजनिक खरिदका लागि आवश्यक नियमावली भने मन्त्रिपरिषदबाट पारित गरिसकेको छ ।

अर्थमन्त्री खतिवडाले त्यस नियमावलीमा आयोजना लिने तर काम नगर्ने ठेकेदार कम्पनीमाथि कडा कारबाही गर्ने व्यवस्था पनि गरिएको समितिलाई जानकारी दिएका छन्। बैठकमा समितिका सदस्यहरुले तत्काल सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसँग माग गरेका थिए ।

Advertisement

Advertisement

Advertisement