टीआई नेपालले प्रधानमन्त्रीलाई भन्यो– बालुवाटार जग्गा प्रकरणका अभियुक्तलाई उम्काउन नखोज

Advertisement

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले बालुवाटार जग्गा प्रकरणमा सम्भावित अभियुक्तलाई उम्काउने प्रयास नगर्न प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएको छ । बालुवाटार जग्गा प्रकरणका भूमाफियाहरुलाई जोगाउने अभिप्रायले प्रधानमन्त्री ओलीबाट अभिव्यक्ति आएपछि ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले यस्तो ध्यानाकर्षण गराएको हो ।

भ्रष्टाचारविरुद्ध काम गर्ने उक्त अन्तर्राष्ट्रिय संस्थाले उक्त जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सम्बन्धित निकायको स्वतन्त्र र निष्पक्ष अनुसन्धान प्रक्रियामा अनुसचित दबाब नदिन माग गर्दै निष्पक्षरुपमा अनुसन्धान तथा न्यायिक प्रक्रियालाई अगाडि बढाउन अनुकुल वातावरण सिर्जना गर्नु प्रधानमन्त्रीको दायित्व भएको बताएको छ ।

टीआई नेपालको विज्ञप्तिमा अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढाईरहेको अवस्थामा सरकारसम्बद्ध राजनीति दलका पदाधिकारीलाई कानुनी कारवाहीबाट जोगाउने उद्देश्यले प्रधानमन्त्रीले अभिव्यक्ति दिनु गलत भएको भन्दै बालुवाटार जग्गा प्रकरणमा सरकारले जाँचुबुझ समिति गठन गरी सत्य तथ्य पत्ता लगाउन गरिएको प्रयास भने सकारात्मक नै भएको बताएको छ ।

बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिको नाम दर्ता गराई हडप्ने प्रयास भइरहेको छ । यसमा सत्तारुढ दल नेकपाकै महासचिव बिष्णु पौडेलसमेत मुछिएका छन् ।

Advertisement

Advertisement

Advertisement