भुरीगाउँमा देवः विकास बैंकको शाखा

Advertisement

काठमाडौं । देवः विकास बैंकले ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ठाकुरबाबाका प्रमुख घननारायण श्रेष्ठले बुधबार उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै उनले जनताको घरघरमा बैंकिङ पहुँच पुर्याउन सकेमात्र समृद्ध नेपाल बनाउन सकिने बताए । उनले नगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ सेवा प्रदान गर्न र स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।

बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुसालले स्थानीय उत्पादकत्व बढाउन बैंकले लघु वित्त, साना तथा मझौला व्यवसायमा केन्द्रित गरी लघु उद्यमशीलताको विकास गर्न लगानी गर्ने योजना रहेको बताए । बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङले बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने बताए । उनले बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा थप शाखा विस्तार गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement