सधैँ प्रयोगमा आउने कोलगेट मञ्जनमा क्यान्सर विकास गर्ने रसायन भेटियो

Advertisement

काठमाडौं । हालै सार्वजनिक भएको अनुसन्धानको रिपोर्टले कोलगेट मञ्जनमा ‘ट्राईक्लोसा’ नाम गरेको घातक मानिने रसायन भेटिएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ।

यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ। यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अंगमा नोक्सानी गर्छ । स्वास्थ्यको लागि ट्राईक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भए पनि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ ।

टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको थियो।

ट्रिक्लोसानले छालाबाट शरीरमा प्रवेश गरेर शरीरको हार्मोनमा असन्तुलन ल्याउने गर्दछ। २००८ मा २५१७ मानिसमा गरिएकोको टेस्टको नतिजा अनुसार ६ बर्ष देखी माथिको ७५ प्रतिसतको पिसाबमा ट्रिक्लोसान पाईएको थियो।

यधापी अध्ययनले यस्तो देखाउँदा देखाउँदै पनि कोलेगेटले अझै पनि आफु स्वोस्थ टुथपेस्ट रहेको र यसले मानिसको स्वास्थ्यलाई कुनै पनि हानी नगरने दाबी गर्दै आएको छ।

संसारमा प्रयोग हुने टुथपेस्टमा कोलेगेट प्रसिद्द टुथपेस्टमा पर्दै आएको छ। ट्राईक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइए पनि अरु देशमा वास्ता गरिएको छैन ।

Advertisement

Advertisement

Advertisement