बौद्धमा प्रदर्शनमा उत्रेका स्थानीय र प्रहरीबीच झडप

Advertisement

काठमाडौं  । चाबहिल–जोरपाटी सडकखण्ड छिटो पिच गर्नुपर्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो ।

आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी चार्ज गर्दै अश्रुग्यास प्रहार गरेका थिए । चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन् । प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको थियो ।

बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए । प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ ।

Advertisement

Advertisement

Advertisement